काठमाडौं महानगरले दुई वटा ब्रुमर थप्ने

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, १५ : ०५
काठमाडौं महानगरले दुई वटा ब्रुमर थप्ने

काठमाडौं । सडक बढार्ने काममा ब्रुमर प्रभावकारी पाइएपछि काठमाडौं महानगरपालिकाले दुई वटा ब्रुमर थप्ने भएको छ ।
ढिलोमा आगामी हप्तामा  काठमाडौँ  आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८।६ मिटर र चौडाइ ३।५ मिटर छ । कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले १५।८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए । हाल महानगरले पाँच यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ । पाँचमध्ये चार १६ टन क्षमताका तथा अर्को एउटा छ टन क्षमताका छन् । 
काठमाडौं महानगरसाग यसअघि ल्याइएका पाँच वटा ब्रमुर (यान्त्रिक कुचो) छन् । ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्छ । 
युरो मापदण्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त यन्त्रले नियमित सफा गर्ने भनिए पनि वर्षात्को समय शुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन, उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग हुँदै आएको छ । 

कानूनीरूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती पाँच यान्त्रिक कुचो रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो ।
 

प्रतिक्रिया दिनुहोस