काठमाडौं । गृह मन्त्रालयले १३ जना सहसचिव र १३ जना उपसचिवको गरी २६ जनाको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
गृहका अनुसार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन् ।
सरुवा गरिएका अन्य ५ जनाको भने गृह मन्त्रालय वा अन्तरगतको कार्यालय र अध्यागमन विभागमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ जेठ २०७६, १३ : ३३
लेखकबाट थप