नेकपा सचिवालय बैठक आज

७७ जिल्लामै इन्चार्ज तोक्ने तयारी, पोलिटब्यूरो अहिले नबन्ने

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, ०७ : ०५
नेकपा सचिवालय बैठक आज

काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्य्रीय सचिवालयको बैठक आज बस्दैछ । जेठ ५ यता पटक पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो ३ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास वालाुवाटारमा बोलाईएको छ ।

बैठकले संगठनात्मक एकीकरणका काम टुग्गो लगाउने एजेण्डा अन्र्तगतका केही महत्वपूर्ण निर्णयहरु लिइने महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘पार्टी एकीकरणसँग सम्बन्धित संगठनात्मक कामका प्रस्तावमा सचिवालय बैठकमा छलफल हुन्छ,’ महासचिव पौडेलले भने, –‘केही महत्वपूर्ण निर्णयहरु पनि हुन्छन् ।’
सोमबार दिउँसो नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच दिनभर जसो वालुवाटारमा भएको छलफल पछि आज दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाईएको हो ।
नेकपाले केन्द्रीय समितिका नेताहरुको कार्यबिभाजन टुंग्याउन बाकी छ । पोलिटब्यूरो पनि बनाउन बाँकी छ ।

तर आज वस्ने सचिवालयले शीर्ष नेताहरुको कार्यविभाजन र पोलिटब्यूरो गठनमा भने निर्णय नलिने स्रोतले वतायो ।आज बस्ने वैठकले जिल्ला इन्चार्जहरुको कार्यविभाजन भने गर्ने तयारी भएको स्रोतले बतायो ।

७७ भूगोलका जिल्लामध्येबाट ४३ पूर्व तत्कालिन एमाले र ३४ पूर्व माओवादीका नेताहरुलाई जिल्ला इन्चार्ज दिने गरी भागबन्डा लगाईएको छ । तर केही संख्या छलफलका क्रममा अझ तलमाथी पर्न सक्ने पनि स्रोतले बताएको छ । 


पोलिटब्यूरो नबन्ने

केन्द्रीय नेताहरुका वीचमा पोलिटब्यूरो बनाउने र विधानमा पनि उक्त संरचना हुनुपर्ने प्रावधान भएपछि शीर्ष नेताहरुका बीचमा पोलिटब्यूरो बनाउने सहमति छ । त्यसका लागि बैठकमा एजेण्डा समेत प्रस्तुत भएका छन् । पोलिटब्यूरो कुल केन्द्रीय समितिको एक तिहाई अर्थात ४४१ बाट १४७ सदस्यको पोलिटब्यूरो बनाउने सहमति छ ।

त्यसमा ८१ तत्कालिन एमाले र ६६ तत्कालिन माओवादी नेताहरु रहने गरी पोलिटब्यूरो फर्मेसन गर्ने गरी दुई अध्यक्षका वीचमा भागबन्डा पनि भईसकेको छ । तर आज बस्ने सचिवालय बैठकले पोलिटब्यूरो भने नबनाउने भएको छ ।

वरिष्ठ नेताहरुले केन्द्य्रीय नेताहरुको कार्यविभाजन पहिले पोलिटब्यूरो गठन गर्नुपर्ने बताएपनि नेताहरुलाई मिलाउन सकस परेपछि पोलिटब्यूरो गठनमा सकस परिरहेको छ । त्यसमा सहमति नवनेपछि आजको वैठकले पोलिटब्यूरो नवनाई केन्द्य्रीय नेताहरुको कार्यविभाजन तिर जान खोजेको हो ।

‘पोलिटब्यूरो बन्न त वन्छ, तर त्यसको गृहकार्य अझै केही बाकी छ, त्यो टुंग्गिने वित्तिकै वन्छ,’महासचिव पौडेलले भने । प्रधानमन्त्री ओली २५ जेठमा ९ दिन लामो यूरोप भ्रमणमा जान लागेपछि पोलिटब्यूरो गठन प्रक्रिया धकेलिएको छ ।आजको बैठकले शीर्ष नेताहरुको जिम्मेवारीमा पनि सहमति जुटेमा घोषणा गरेर जाने तयारी नेकपाभित्र भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस