पाँचौ चितवन च्याम्पियनसिप कप २०७६ जेठ २४ देखि हुने

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १८ : ३४
पाँचौ चितवन च्याम्पियनसिप कप २०७६ जेठ २४ देखि हुने

चितवन । पाँचौँ चितवन च्याम्पियनसिप कप २०७६ यहि जेठ २४ गत्तेबाट सुरु हुनेभएको छ । आयोजक एभरेष्ट क्लब चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुने प्रतियोगितामा १६ टिम सहभागि हुने क्लबका अध्यक्ष असोक देवकोटाले जानकारी दिए । जसमध्ये चितवनका उत्कृष्ट ८ टिम रहनेछन भने जिल्ला बाहिराका विभिन्न ८ टिम सहभागि हुनेछन । 
प्रतियोगितामा सहभागि हुने टिमहरुमा सिसिविएफसि भरतपुरल फो ब्रदर्स गैडाकोट, नारायणगढ फुटबल क्लब, आरआरएफसि हेटौँडा, नारायनी मोटर्स युनिक फुटबल क्लब, जेपिओसि पुलिस भरतपुर, एपिएफ भण्डारा, जो फुटबल क्लब जुगेडी  रहेका छन । 
यस्तै हर्दि युवा समाज भण्डारा, भैरव स्पोर्टस क्लब, रामपुर फुटबल क्लब, सुन्धारा फुटबल क्लब, बसन्तपुर युनाईटेड क्लब माडी, देशभक्त फुटबल क्लब त्यसैगरी हनामी एभ्रेष्ट क्लब चितवन र अभिसेक चर्च चजहर नवलपरासि गरी १६ टिम सहभागि हुने आयोजकले जनाएको छ । 


पुरस्कारको रासी पनि बढ्यो
च्याम्पीयनसिप कपको यसवर्ष पुरस्कार रासी पनि बढाईएको क्लबले जनाएको छ । अघिल्लो बर्ष प्रथम हुनेलाई २ लाख २२ हजार २२२ रहेकोमा यसवर्ष ३ लाख सहित मेडल र प्रमाण पत्र रहेको अध्यक्ष देवकोटाले बताए । यस्तै दोस्रो हुनेलाई १ लाख ५० हजार मेडल र प्रमाण पत्र, तेस्रो हुनेलाई नगद ५० हजार, मेडल र प्रमाणपत्र रहेको छ । एकजना उत्कृष्ट खेलाडीलाई नगद ६० हजार, मेडल र प्रमाण पत्र दिईने छ भने विविध ५ विधामा ५ खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जनाएको छ । 
हरेक वर्ष खेलको दायरा फराकिलो बनाउदै लगीएकाले आगामि वर्षमा थप परिस्कृत गरी प्रतियोगिता आयोजना गरीने क्लबका सल्लाहकार सन्तोष पनेरुले बताए । 
प्रतियोगिताको पुर्वसन्ध्यामा २२ गत्ते ४ बजे भेट्रानका विरुद्धा युवा विद्याथीनेताहरु, २३ गत्ते ४ बजे जनप्रतिनिधिका विरुद्ध पत्रकारहरुका विच मैत्रिपुर्ण खेल हुने क्लबका सल्लाहाकार संयोजक सुरजसिं ठकुरीले जानकारी दिए । 
नकआउट पकृतिबाट खेलाईने प्रतियोगिताका सवै खेल अपरान्ह ४ बजेबाट सुरु हुने छ । प्रतियोगिता असार ७ गत्तेसम्म सञ्चालन हुनेछन । प्रतियोगिताको मुख्य प्रायोजकमा हनामि ईन्टरनेसनल एजुकेशन रहेको छ भने अल्फा बेटा चितवन स्पोर्टस वेर केल्मी सहप्रायोजक रहेको छ । 

प्रतिक्रिया दिनुहोस