वर्षा राउतको पहिरनको बारेमा पति संजोगले फेसबुकमा लेखे यस्तो स्टाटस

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १७ : २६
वर्षा राउतको पहिरनको बारेमा पति संजोगले फेसबुकमा लेखे यस्तो स्टाटस

काठमाडौं । नायिका वर्षा राउतको पहिरनलाई लिएर अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको  ‘जात्रै जात्रा’ फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् ।

वर्षाको पहिरनलाई लिएर आलोचना भइरहेका बेला पति संजोग कोइराला भने बचाउमा लागेका छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै ‘कठिन समयमा पनि माया गर्ने उल्लेख’ गरेका छन् ।

संजोगले ‘तिमी सधैं सही कुरा भन्न र गर्न सक्दिनौं, त्यो ठिक छ’ भनेर लेख्दै उनले पहिरनमा केही सोच पु¥याउन नसकेको भए पनि आफूले साथ दिने बताएका छन् ।

हेर्नुहोस् संजोगको पोष्ट

प्रतिक्रिया दिनुहोस