चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १३ : १२
चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर  जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।
यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस