विष्णुबाबुको “तस्विर” लाखौँ पटक हेरियो !

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, २० : ३९
विष्णुबाबुको “तस्विर” लाखौँ पटक हेरियो !

चितवन । चितवनका विष्णुबाबु देवकोटाको “तस्विर” लाखौ पटक हेरिएको  छ ।  नेपाली साहित्यको मुक्तक देवकोटाको व्यक्तिगत तस्विर भने हेरिएको हैन ।
सयौँ गीत लेखिसकेका देवकोटाको शब्द रचना रहेको उक्त ” तस्विर ” बोलको गीतको भिडियो लाखौं पटक हेरिएको होे । भर्खरै युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत छोटो समयमानै स्रोता दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको छ ।
भर्खरै सम्पन्न द भ्वाईस अफ नेपाल रियलिटी शो मा निर्णायक समेत भुमिका सम्पन्न गरिसकेका गायक सनुप पौडेल तथा सुमधुर स्वरकि धनि गायिका निशा कँडेलको स्वरमा सजिएको उक्त गीतको भिडियो लाखौं पटक हेरीएको हो ।
छोटो समयमा नै अत्याधिक रुचाईएको उक्त गीतको भिडियोमा पुजा शर्मा र आकाश श्रेष्ठको लोभलाग्दो अभिनय देख्न सकिन्छ । थोरै शङ्का, थोरै अविस्वास तर धेरै माया र भरोषा मिसिएको उक्त गीतमा छिट्टै बाजा बजाएर बिहे गर्ने कुरा गर्दै पुजा र आकाश रोमान्स गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस