महिलामाथी खुँडा प्रहार गरी फरार एक व्यक्ति पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, १८ : २५
महिलामाथी खुँडा प्रहार गरी फरार एक व्यक्ति पक्राउ

चितवन । सामान्य विवादमा महिलामाथी खुडा प्रहार गर्ने भरतपुर महानगरपालिका ११ गणेशथानका ३५ वर्षीय नारायण विक २ दिनपछि पक्राउ परेका छन । विकलाई लुकिछिपी हिडीरहेको अवस्थामा भरतपुर २९ जुगेडीबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
मादक पदार्थ सेवन गरी विकले यहि जेठ १७ गत्ते राति १० बजे छिमेकी ३४ वर्षीय सोममाया कामीलाई खुँडाले घाँटीमा प्रहार गरी घाईते बनाएका थिए । उनि त्यस लगत्तै फरार रहेका थिए । गम्भिर घाईते कामीको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ । 
पक्राउ परेका विकमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८३ बमोजिम ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । उनलाई १० वर्ष कैद र एक लाख सम्म जरिवानाको सजाँय हुने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस