‘गलवन्दी’ मा निकै लजालु र सोझी अन्जली वास्तवमा छिन यस्तो हट र टिपटप (८ तस्विरमा हेर्नुहोस्)

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, १४ : १९
‘गलवन्दी’ मा निकै लजालु र सोझी अन्जली वास्तवमा छिन यस्तो हट र टिपटप (८ तस्विरमा हेर्नुहोस्)

चितवन । प्रकाश सपुतको नयाँ गित ‘गलवन्दी’मा अभिनित अन्जली अधिकारीको चर्चा अझ धेरै हुन थालेको छ । प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा छ । 
भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् ।

दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।
‘गलवन्दी‘ मा निकै लजालु र सोझी गाउले युवतीको भूमिकामा देखिएकी अन्जली वास्तवमा यस्तो हट र टिपटप छिन भनेर धेरैलाई थाहा नहुन सक्छ ।

हरौं तस्विर

प्रतिक्रिया दिनुहोस