जस्तो रसायन त्यस्तै स्वभाव

शुक्रबार, १० जेठ २०७६, २१ : ४६
जस्तो रसायन त्यस्तै स्वभाव

काठमाडौं । चैतमा खोला, खोल्सा सुक्ने र अन्न भण्डार पनि रित्तिँदै जाने भएकाले उराठिलो मौसम मानिन्छ । तर वैशाख लाग्दा मौसम बदलिसकेको हुन्छ । काफल, ऐसेलु पाक्छन् । रंगिबिरंगि फूल फुल्छन् । वातावरण नै उल्लासमय बन्छ । 

वातावरण मात्रै हैन मौसम परिवर्तनसँगै व्यक्तिका शारीरिक तथा मानसिक अवस्थासमेत परिवर्तन हुन्छन् । वसन्त ऋतुको उमंगमा व्यक्ति खुसी तथा आनन्दित हुने चिकित्सक बताउँछन् । 

मनोचिकित्सक डा. रवि शाक्य मौसम परिवर्तनसँगै व्यक्तिको मानसिक अवस्था पनि परिवर्तन हुने बताउँछन् । मौसमसँगै व्यक्तिको मन परिवर्तन हुने र डिप्रेसनको पनि जोखिम हुने उनले बताए । ‘सिजनअनुसार हुने डिप्रेसनलाई सिजनल एफेक्टिभ डिसअर्डर भनिन्छ,’ शाक्यले भने । धेरै गर्मीको अवस्थामा व्यक्ति बढी उत्तेजित हुन सक्ने डा. शाक्ले बताए । 
मनोविद् गोपाल ढकाल सामान्यतः जाडो मौसममा डिप्रेसनको समस्या बढ्ने जोखिम हुने र दिन तात्दै गएपछि डिप्रेसनको जोखिम कम हुने बताउँछन् । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस