महोत्सव गर्न किन नदी किनार छोड्न चाहन्न उद्योग वाणिज्य संघ ?

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, २० : २६
महोत्सव गर्न किन नदी किनार छोड्न चाहन्न उद्योग वाणिज्य संघ ?

चितवन । भरतपुरमा रहेको औद्योगिक प्रदर्शनी स्थलमा चितवन महोत्सव गर्न उपयुक्त नहुने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनु भएको छ । अहिलेको अवस्थामा नारायणी नदी किनारबाहेक अरु स्थान चितवन महोत्सवका लागि उपयोगी नहुने उहाँको भनाइ छ । 
पार्किङ र सांस्कृतिक कार्यक्रमका लागि औद्योगिक प्रदर्शनी स्थल उपयोगी नहुने भएकाले त्यहाँ चितवन महोत्सव गर्न प्राविधिक हिसावले पनि उपयोगी नहुने उहाले बताउनु भयो । 
चितवन महोत्सव सांस्कृतिक महोत्सव पनि भएकाले सबै कुरालाई ध्यनमा राख्दा अहिलेको अवस्थामा चितवन महोत्सव गर्न नारायणी किनारबाहेक अन्यत्रको स्थान उपयोगी नहुने प्रधानले बताउनु भयो ।
भरतपुरमा सुबिधा सम्पन्न प्रर्दशनी हल बनेकाले त्यही नै महोत्सव गर्न उपयुक्त हुने पत्रकारको सुझाव माथि अध्यक्ष प्रधानले यस्तो धारणा राख्नु भएको हो । उहाँले आगामी दिनमा व्यवस्थित र सुविधा युक्त प्रदर्शनी केन्द्र निर्माणमा पनि आफूहरुले छलफल चलाएको प्रधान बताउनु हुन्छ । 
त्यस्तै उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले भरतपुरको प्रर्दशनी केन्द्रमा औद्योगिक महोत्सव उपयोगी हुने तर उद्योग वाणिज्य संघले गर्ने चितवन महोत्सव जस्तो औद्योगिक र सांस्कृतिक महोत्सव त्यहाँ उपयोगी नहुने बताउनु भयो । 
व्यावसायिक प्रवद्र्धनका  लागी गरिने एक्सपो तथा मेलाहरु भने जसले गर्दा पनि त्यही औद्योगिक प्रदर्शनी केन्द्रमा गर्दा उपयोगी हुने भट्राईको भनाइ छ । 
त्यस्तै उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष राजन गौतमले भने महोत्सवका नाममा सधैँ यस्तै हाटबजार मात्रै सन्चालन गर्ने हो भने नारायणी नदी किनार नै उपयोगी हुने तर अलि व्यवस्थित तवरबाट व्यवसायिक हितका लागि मेला महोत्सव गर्ने हो भने औद्योगिक प्रदर्शनी केन्द्रको विकल्प नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस