पार्टी एकतालाई संसारभरबाट हेरिएको छ : प्रचण्ड

शनिबार, ०४ जेठ २०७६, १४ : ५७
पार्टी एकतालाई संसारभरबाट हेरिएको छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई संसारभरबाट हेरिएको बताएका छन् ।

सिन्धुलीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै
प्रचण्डले विरोधीले पार्टीभित्र भाडभैलो गरे हुन्थ्यो भनेर धूप हालेर बसेको र छिमेकीले माइक्रोस्कोप लगाएर हेरेको बताए ।

उनले पार्टी एकतालाई संसारले हेरेकाले हामीले केही नगरेमा संसारभर निराशा छाउने बताए । त्यसैले हामीहरुलाई असफल हुने छुट नभएको प्रचण्डको भनाइ छ ।
उनले नेतृत्वसहित एकताको सन्देश दिन सबै प्रदेशमा कार्यक्रम गर्ने बताए । आउने निर्वाचनमा एक्लै दुई तिहाइ मत ल्याउने गरी पार्टीले बजेटको तयारी गरेको उनको दाबी छ । 

 

प्रतिक्रिया दिनुहोस