चितवन । विश्वभर उच्च रक्तचाप बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । नेपालमा पनि यसको समस्या वर्सेनि बढिरहेको छ । पछिल्लो समय नेपाली युवाहरुमा पनि उच्च रक्तचापको समस्या बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकमध्ये एउटा प्रमुख कारक हो ।
विश्वभर उच्च रक्तचापले चार बयस्कमध्ये १ जनालाई असर गरिरहेको छ । वर्सेनि एक करोड जनाको मृत्यु भइरहेको छ । अमेरिकन हाट असोसियसन (एएचए) को तथ्यांकअनुसार २०१० मा अनुमानित बिरामीको संख्या १.३९ अर्ब थियो भने यो संख्या २०२५ मा बढेर १.५६ अर्ब हुने अनुमान गरिएको छ । नेपालमा उच्च रक्तचापको बढ्दो अवस्था छ । नेपालमा पछिल्लो १५ वर्षमा तेब्बरको दरले उच्च रक्तचाप बढेको छ ।
आज विश्व उच्च रक्तचाप दिवसको दिन सफल खबरले पुरानो मेडिकल कलेज भरतपुर (सीएमएस) का वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठसँग यसको अवस्था, लक्षण र नियन्त्रणको विषयमा गरिएको कुराकानी :
उच्च रक्तचापको परिभाषा
कुनै व्यक्तिले आराम गरिरहेको अबस्थामा दुई वा त्योभन्दा बढी पटक भिन्दा भिन्दै परिस्थितिमा रक्तचाप जाँच गर्दा उक्त व्यक्तिमा माथिको रक्तचाप १३० वा बढि र तलको रक्तचाप ८० वा बढि भएको अवस्थालाई उच्च रक्तचाप अर्थात हाईपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई निम्नाअनुसार वर्गिकरण गरिएको छ (अमेरिकन हाट असोसियसन, २०१७)
नर्मलः १२० र ८० भन्दा कम
एलिभेटेडः १२०—१२९ र ८०
हाईपरटेन्सन
१) स्टेज १ ः १३०—१३९ र ८०—८९
२) स्टेज २ ः १४० र ९० भन्दा बढी
उच्च रक्तचाप प्राइमेरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमेरी रक्तचाप ९५५ र सेकेन्डरी रक्तचाप ५५ जति हुन्छ । प्राइमेरी रक्तचापको खास कारण थाहा नभएपनि अव्यवस्थित जिवनशैली (चुरोट रक्सी सेवन, मोटोपना, निष्कृय जीवनशैली) र बंशाणुगत मुख्य रहेको छ भने सेकेन्डरी रक्तचापको कारण मृगौलाका रोगहरु, गर्भ निरोधक चक्की, थाइराइड, प्याराथाइराइणका समस्याहरु, मुटुको समस्याहरु हुन सक्छन् ।
नेपालमा उच्च रक्तचाप
नेपाल डेमोग्राफिक हेल्थ सर्भे (एन.डि.एच.एस) ले नेपालमा उच्च रक्तचाप दिनानुदिन बढिरहेको छ । पहिले उच्च रक्तचापलाई बुढ्यौली रोगको रुपमा लिइन्थ्यो भने अहिले यस रोगले उमेर नभनी वयस्कहरुमा समेत देखिएको छ जसको प्रमुख कारण अव्यवस्थित जीवनशैली र मानसिक तनाव, खानपान, धुमपान, मध्यपान, अनिद्रा आदि हुन् ।
नेपालमा गरिएका पछिल्ला सर्वेक्षण अनुसार युवामा हुने हृदयघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्कघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि भएको छ ।
उच्च रक्तचाप साइलेन्ट किलर
उच्च रक्तचापलाई मेडिकल भाषामा हाइपरटेन्सन भनिन्छ । जसको शाब्दिक अर्थ मुटु तथा रक्तनलीहरुमा दबाब बढ्नु हो । विश्वस्वास्थ्य संगठनले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलरको संज्ञा दिएको छ ।
उच्च रक्तचापले तत्कालै कुनै ठूलै असर पार्ने सम्भावना कम भए पनि लामो समयको अन्तरालपछि मानिसलाई बिस्तारै रोगी बनाउँदै मृत्युशैयामा पु¥याइरहेको हुन्छ । उमेर बढ्दै जाँदा उच्च रक्तचापको खतरा पनि क्रमिक रुपले बढ्दै जान्छ । उच्च रक्तचाप महिला पुरुष दुवैमा हुन्छ । सामान्य भाषामा भन्दा माथिको प्रेसर १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ ।
यस्ता हुन्छन् लक्षणहरु
सामान्यतया उच्च रक्तचापका लक्षणहरु नदेखिन पनि सक्छन त्यसैले यसलाई थाहै नपाई सिध्याउने रोग भनिन्छ । नियमित बिरामीको जाँच गर्दा अथवा यसको कारणले भएको कुनै जटिलता पछिमात्र पत्ता लाग्छ जस्तै हृदयघात, पक्षघात । कुनै बिरामीहरुमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडीको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने, नाक वा मुखबाट रगत आउने, पछाडिबाट कसैले धकलेजस्तो हुने आदि यसका लक्षण देखिन सक्छन ।
गर्नुपर्ने जाँचहरु र औषधि
उच्च रक्तचापले मुटु, मस्तिष्क, मृगौला, आँखालाई असर गर्ने हुँदा उच्च रक्तचापको बिरामीले चिकित्सकको सल्लाहअनुसार छातीको एक्स रे, इ.सि.जि वा इको, मृगौलाको जाँच, सुगर, बोसो, थाईराईड जाँच गर्नुपर्छ । उच्च रक्तचाप भएको मान्छेले एकचोटी औषधि खाएमा जीवनभर खानुपर्छ भन्ने एकदम गलत मान्यता हो । औषधि खाइरहेको मान्छेको उच्च रक्तचाप नियन्त्रणमा आयो भने चिकित्सकको सल्लाहमा उच्च रक्तचापको औषधि छोड्न पनि सकिन्छ । तर एकचोटी खाएको मान्छेले जीवनभर औषधि खानुपर्छ भन्ने धारणा गलत छ ।
जीवनशैली र खानपान
रोगीको तौल घटाएर बीएमआइ २५ भन्दा कम राख्नुपर्छ । नुनको मात्रा कम खानुपर्छ । (१ दिनमा ६ ग्रामभन्दा कम) फलफूल, सागपात, तरकारी र कम मात्रामा फ्याट भएको डेरी प्रोडक्ट्स खानुपर्छ । एउटा बयस्क मान्छेले दिनमा चिया चम्चाको एक चम्चा नुन खाए पुग्छ । हामीकहाँ नुन बढी खाने प्रचलन छ । यो घातक हो । नुन राखिएको बढी आइटमहरु कम खानुपर्छ । स्याचुरेटेड टोटल फ्याट कम खानुपर्छ । दिनमा लामो लामो पाइला (ब्रिस वाक) कम्तिमा ३० मिनेट हप्ताको ५दिन हिड्नुपर्छ । खाइरहेको औषधि एक्कासी चिकित्सको सल्लाहबिना छोड्नुहुँदैन । मानसिक तनाबबाट टाढा रहने जसको लागि दैनिक रुपमा योगा र ध्यान गर्ने दैनिक कम्तीमा ६ देखि ८ घन्टा सुत्नुपर्छ । धुम्रपान र मद्यपानबाट टाढा हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ जेठ २०७६, १७ : २८
लेखकबाट थप