बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ०८ माघ २०७४, १० : २५
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नंको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राती मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए । मृतक थारू जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस