नयाँदिल्लीमा आम आदमी पार्टीका २० विधायक अयोग्य घोषित

आइतबार, ०७ माघ २०७४, १७ : ११
नयाँदिल्लीमा आम आदमी पार्टीका २० विधायक अयोग्य घोषित

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा  आम आदमी पार्टीका २० जना विधायकलाई अयोग्य ठहर गरिएको छ । यसबारेमा केन्द्र सरकारले सूचना जारी गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

निर्वाचन आयोगको सिफरिशमा राष्ट्रपति रामनाथ कोविदले अनुमति दिएपछि केन्द्र सरकारले उनीहरुलाई अयोग्य ठहर गरिएको सूचना जारी गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द कोजरीवालले ती विधायकहरुलाई संसदीय सचिव बनाएका थिए । राष्ट्रपति कोविदको मन्जुरीपछि दिल्लीका २० विधानसभा सीटमा उपचुनाव गरिने भएको छ ।
गत शुक्रवार निर्वाचन आयोगले राष्ट्रपति कोविदसँग आम आदमीका ती २० जनालाई १३ मार्च, २०१५ बाट ८ सेप्टेम्बर २०१७ सम्म लाभको पद मामिलामा अयोग्य घोषित गर्न आग्रह गरेको थियो ।

७० सीट रहेको दिल्ली विधानसभामा आम आदमी पार्टीका ६६ विधायक थिए ।  २० विधायकहरुको सदस्यता रद्द भएपछि पनि आम आदमी पार्टीसँग ४०  विधायक रहने छन् । जुन सामान्य बहुमतभन्दा बढी हो । यद्यपि यसका बावजुद भारतीय जनता पार्टी र कांग्रेसले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस