नीति तथा कार्यक्रम आउँदा रुने प्रतिपक्ष बजेट आउँदा बेहोस हुन्छ : सांसद श्रेष्ठ ।

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, २० : २५
नीति तथा कार्यक्रम आउँदा रुने प्रतिपक्ष बजेट आउँदा बेहोस हुन्छ : सांसद श्रेष्ठ ।

चितवन । तनहुँ क्षेत्र नः १ का सांसद किसान श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम आउँदा रोदन देखाउने प्रतिपक्ष सरकारको बजेट आउँदा बेहोस हुन सक्ने बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदैं सांसद श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमका अन्र्तवस्तुमा बहस गर्न छाडेर प्रतिपक्षी दल कांग्रेस शब्दका पछाडि दौडिएको बताए ।

सरकार सम्वृद्धिको लागि गाडी हाँकेर अघि बढेको भन्दैं सांसद श्रेष्ठले विकासका ठूला आयोजनामा सरकारले ध्यान दिएकोमा धन्यवाद दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएको सम्झौता दीर्घकालिन र ऐतिहासिक भएको भन्दैं सांसद श्रेष्ठले भेरी ववई डाइभर्सन, गौत्तम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, फास्ट ट्याक जस्ता विषयमा सरकारले ध्यान केन्द्रीत गरेको बताए ।

जनताका मुर्छित सपनाहरुलाई सरकारले उठाउने काम गरेकाले प्रतिपक्षी दल आत्तिएको सांसद श्रेष्ठको दावी छ । सरकारको नीति तथा कार्यक्रममा देवघाटलाई प्रत्यक्ष रुपमा समेट्ने गरी निर्माणधिन सडकलाई प्राथमिकताका साथ उल्लेख गरिनेमा सांसद श्रेष्ठले धन्यवाद दिए । 

प्रतिक्रिया दिनुहोस