चितवन । शिशुको मृत्यु भएको आशंका गरी देवघाटमा दाहासंस्कारका लागि खाल्डो खन्दै गर्दा शिशुले सास फेरेपछि पुनः अस्पताल ल्याई उपचार गरिएको शिशुको मृत्यु भएको छ ।
मकवानपुरकी एक अविवाहित महिलाले जन्माएको बच्चालाई चितवन मेडिकल कलेजले अवस्था नजुक रहेको बताएपछि उनीहरुले शिशुलाई दाहासंस्कारका लागि देवघाट लगेका थिए ।
अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि आफन्तहरुले घर लैजाने भनेर देवघाट लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शिशु जिवित रहेको थाहा पाएपछि एम्बुलेन्समा तुरुन्तै चितवन मेडिकल कलेज ल्याई भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीका अनुसार अविवाहित युवतीले बच्चा पाएको र अस्पतालमा आएर जन्मिएपछिहतार हतारमा घर लाने भन्दै देवघाटमा लगेकाले के भएको हो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ बैशाख २०७६, १६ : ५४
लेखकबाट थप