कार्ल मार्क्स जन्म जयन्ती मनाउन १ लाख ८१ हजार खर्च, (क –कसले कति दिए सहयोग ? हेनुहोस् विवरणसहित)

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, ०६ : ५१
कार्ल मार्क्स जन्म जयन्ती मनाउन १ लाख ८१ हजार खर्च, (क –कसले कति दिए सहयोग ? हेनुहोस् विवरणसहित)

काठमाडौं । कार्ल माक्र्सको २०१ कौं जन्म जयन्ती हिजो काठमाडौं प्रज्ञा भवनमा नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा मनाइएको छ । कार्ल माक्र्स द्दिशतादिऔं जन्म जयन्ती मूल आयोजक समितिको आयोजनामा उक्त कार्यक्रम भएको थियो । समितिको संयोजक छन्, नेकपा स्थायी समिति सदस्य घनश्याम भुषाल । राम कार्की, डा विजय पौडेल, जयन्ती राई, समिर सिंह लगायत नेताहरु रहेको उक्त समितिले प्रज्ञा भवनको खर्च विवरण सार्वजनिक गरेको छ । कार्यक्रम संयोजक डा विजय पौडेलले विज्ञेप्ती  जारी गदै खर्च विवरण सार्वजनिक गरेको हो ।

पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि सार्वजनिक गर्दै कुनै पनि कार्यक्रमपछि सम्बन्धित कार्यस्थलमै आय–व्यय सार्वजनिक गर्ने (स्पट अडिट) अंगीकार गरिएको बताएका छन् ।

‘जिम्मा पाएका हरेक क्षेत्रमा स्पट अडिटलाई कडाइपूर्वक लागू गर्दै आएको छु,’ संयोजक पौडेलले भने, ‘समय अभावका कारण नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा कार्यक्रम चलिरहेकै बेला हिसाब–किताब सार्वजनिक गर्न सकिएन, यसैलाई ‘स्पट अडिट’ मानिदिनुहुन अनुरोध छ ।’

क कसले कति दिए सहयोग ?
कार्ल माक्र्स जन्म जयन्ती कार्यक्रम मनाउनका लागि आयोजकलाई नन्दलाल बन्जाडे सहितको इन्जियिनर समुहले ३० हजार, लंकवहादुर केसी र गम्भिरलाल श्रेष्ठले जनही १०, १० हजार, मदन आचार्य, धनराज आचार्यले २० हजार, गम्भिरमान तण्डुकारले ५ हजार, आर अर्यालले १० हजार, पुष्पज्योति ढंगानाले २० हजार, वाई वी राईले १० हजार, मनमोहन क्रिक्रेट सेन्टर (मार्फत ठाकुर गैरे) १५ हजार, वी एन पोखरेलले २० हजार, चित्रगुप्ता सावाँले १० हजार, नेपाल निर्माण ब्यवसायी संगठनले १५ हजार, रमेश सिलवालले १० हजार र डा विजय पौडेलले १५ हजार रुपैया सहयोग गरेका छन् ।

कुल २ लाख सहयोग प्राप्त भएको आयोजकले वक्तब्यमार्फत सार्वजनिक गरेका छन् । जसमध्ये १ लाख ८१ हजार ८५० रुपैया खर्च भएको पनि आयोजकले जनाएका छन् । जसअनुसार, हल भाडा १ लाख, ब्यानर, पोष्टर, फेलेक्समा १३ हजार, इन्धन खर्चमा ३ हजार, हलमा पिउने पानीका लागि ८ सय ५०, स्वयमसेवक खाजा , परिचयपत्र कार्डका लागि २ हजार, प्रत्यक्ष प्रशारण खर्च ६० हजार र विधि खर्च ३ हजार भएको जनाएको छ ।

आम्दानीवाट खर्च कटाएर रु १८ हजार १ सय ५० रुपैया वचत भएको पनि कार्ल माक्र्स जन्म दिशतवार्षिकी समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस