राष्ट्रपतिको मेरो सरकारका विरोधीलाई डा. युवराजको प्रश्न : मेरो सरकारभन्दा के गल्ती भयो ?

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १८ : ०५
राष्ट्रपतिको मेरो सरकारका विरोधीलाई डा. युवराजको प्रश्न : मेरो सरकारभन्दा के गल्ती भयो ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आफ्नो संंवोधनमा मेरो सरकार भनेको विषयमा पूर्व महान्याधिवक्ता तथा अन्तराष्ट्रिय कानुनका प्राध्यापक डा युवराज संग्रौलाले अरुभन्दा पृथक ढंगबाट धारण व्यक्त गरेका छन् । 
उनले राष्ट्रपतिको उक्त सम्वोधनलाई राष्ट्रप्रमुखले मेरो सरकार भन्दा के गल्ती भयो ? भनेर फेसबुकमा लामै स्टाटस पोष्ट गरेका छन् ।

राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा चर्काचर्की भइरहेका बेला संग्रौलाले यस्तो स्टाटस लेखेका हुन्  । धेरैले राष्ट्रपतिको मेरो सरकार सम्बोधनलाई राजतन्त्रको छनक आएको भन्दै विरोध र आलोचना समेत गरिरहेका छन् । 

हेर्नहोस्, संग्रौलाको स्टाटस जस्ताको तस्तै ।
समाजमा सभ्यताको अपेक्षा गर्नेले पहिला आफू सभ्य हुनु पर्छ। सन्दर्भ रास्ट्रपतिले “मेरो सरकार“ भनेको कुरामा के गल्ती भो “रास्ट्रपतिले मेरो सरकार भन्दा“ ? रास्ट्रपतिलाई राज्यको प्रमुख मानिन्छ, संबिधानले पनि त्यही मानेको छ । तर बिगत केही बर्षमा मौलाएको अराजकताले नेपालीहरुलाई फोहोरी बनाएको प्रतित हुन्छ । देशको सर्बोच्च पदप्रती मर्यादा गर्ने नसक्ने हामीले, स्वतन्त्र रास्ट्र भनी कुर्लिनुको आधार के हो ?

१. राजा संबैधानिक थिए, तर उनी पनि “मेरो सरकार भन्ने गर्थे।“ किन आपत्ति भएन ? रास्ट्रपति देशको प्रमुख हो, उनले “मेरो सरकार“ भन्दा के गल्ती भयो ? ठूलाठूला पत्रिका चलाउने मित्रहरु बताइदिनुहोस, रास्ट्रपतिले मेरो सरकार भन्न कुन कानुन र संबिधानको कुन धाराले रोकेको छ ?

२. रास्ट्रपति राज्य प्रमुख भएको हुनाले, राज्यको सरकारलाई रास्ट्रपतिले मेरो सरकार भन्दा, बिद्यादेबि भण्डारीको सरकार भनेको होइन, राज्यको सरकार भनेको हो भनेर बुज्न पनि कसैले पढाउनु पर्ने ? संसदमा रास्ट्रपतिको सम्बोधनमा राज्य बोलेको हो भन्डारी बोलेको होइन । “राज्यले“ मेरो सरकार भनेको हो । रास्ट्रपतिलाई त फौजदारी दायित्वबाट पनि मुक्ति दिएको हुन्छ ।

३. प्रधानमन्त्री लगाएत राज्यका सबै पदहरु रास्ट्रपति समक्ष सपथ लिए पछि क्रियाशिल हुन्छ्न । संकटकालमा रास्ट्रपतिले नै देशको जिम्मा लिनु पर्छ। रास्ट्रपति कमान्डर इन चिफ पनि हो । त्यसैले उसलाइ राज्यको संरक्षक मानिन्छ । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारलाई मार्गनिर्देशन दिएको हो । त्यसैले “मेरो सरकार“ भनेको “नेपालको संबिधान अन्तर्गतको सरकार भनेको हो । अल्पज्ञान खतरनाक हुन्छ ।

४. हामीले यो बुज्नु पर्छ, हामी लोकतान्त्रिक ब्यबस्था अन्तर्गत छौ । जुन ढांचाको सरकार हामीसँग छ,, त्यसलाई संबैधानिक राज्य प्रमुखको ढांचा भनिन्छ । यस्तो ढांचामा राज्यको सरकार राज्य प्रमुखकै हुन्छ । तर त्यो अधिकार पार्लियामेन्टले बनाएको प्रधानमन्त्रीले प्रयोग गर्छ ।

५. देशलाई कमजोर पार्ने तत्वले राज्यका सबै निकायलाई पत्रु जस्तो बनाइदिएको छ । देशको सम्मान भनेको देशका संयन्त्रहरुको पनि सम्मान हो । सगरमाथाको गीत गाएर मात्र देशभक्ती र माया हुँदैन । सभ्य नागरिकले रास्ट्रका निकाय प्रति सम्मान गर्न र लोकतान्त्रिक ब्यबस्थाको कदर गर्न पनि जान्नु पर्छ ।

६. आकासमा हवाइजाहाज होल्ड गरेको कुरा समेत उठ्यो । अमेरीकामा रास्ट्रपति आउंदा के हुन्छ ? खोज्नु होस् ।

७. रास्ट्रपतिले भन्ने “मेरो सरकार“ नै हो । बकम्फुस तर्क नदिऔ । रास्ट्रपति राज्यप्रमुख हो, त्यो पदले सम्पुर्ण राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले सरकारलाई मेरो भनिएको हो । चाकरी गरेको नभन्नुहोला म रास्ट्रपतिको लिस्टमा परेको र निम्ता पाउने मानिस होइन । मैले राज्यको प्रतिरक्षा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस