नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता

वैशाख २३ गते ‘समाजवादी पार्टी नेपाल’ जन्माउने

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १४ : २८
नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता

काठमाडौँ । नयाँ शक्ति र संघीय समाजवादी फोरम पार्टीबीच एकता हुने भएको छ । आज नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकता गर्ने सहमति भएको छ । 
शनिबार काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरम अहिले सरकारमा रहेको छ ।
उपेन्द्र यादव सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका छन् । सहमतिपछि यादव र भट्टराईले विज्ञप्ति जारी गरी एकतालाई ऐतिहासिक भनेका छन् । 

प्रतिक्रिया दिनुहोस