आगजनी आक्रमणमा परी पाँचको मृत्यु

शनिबार, ०६ माघ २०७४, १५ : १५
आगजनी आक्रमणमा परी पाँचको मृत्यु

सोल । दक्षिण कोरियाको राजधानी सोलको केन्द्रविन्दुमा रहेको (खाने, बस्ने सबै सुविधा भएको होटेल) ‘मोटेल’मा भएको आगजनी आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस आक्रमणमा परी चार जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्‍याइएको, उनको अवस्थाको विषयमा कुनै जानकारी नभएको समाचारमा बताइएको छ ।

त्रिपन्न बर्षीया एक व्यक्तिलाई यस आगजनीको आरोपमा पक्राउ गरिएको छ । दुई तले यस होटेलको एक कोठामा रिसले आगो भएर बसेका ती वृद्धालाई आगजनीको आरोपमा पक्राउ गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । यु नामबाट परिचति यी व्यक्तिले दश लिटर पेट्रोल लिएर भूत्लाबाट नै आगजनी सुरु गरेको बताइएको छ ।

छिमेकीले आगलागी नियन्त्रणमा ल्याउन खाजेपनि नियन्त्रणमा नआएको, यसप्रकारको घटना के कति कारणले गरिएको र सो सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस