विराटनगर । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राससले प्रवाह गर्ने सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगरस्थित रासस प्रदेश नं १ को कार्यालय अवलोकनका क्रममा कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो कुरा बताउनुभएको हो । राससकर्मीले खोजमूलक तथा समाजलाई सकारात्मक दिशातर्फ अघिबढाउने खालका समाचारमा विशेष ध्यान दिन सुझाव दिँदै अध्यक्ष अधिकारीले समाचार प्रवाहका माध्यमबाट अब रासस जनताकै हो भन्ने बनाउने गरी चासोका साथ काम गर्न र उपलब्ध साधन तथा स्रोतलाई अधिकतम प्रयोगमा ल्याई सेवालाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयोे । प्रदेश नं १ कार्यालयप्रमुख मोहम्मद सदरुलले कार्यालयको विद्यमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस