इजरायलका प्रधानमन्त्रीसँगको भेटले सामाजिक सञ्जालमा उत्साहित बलिउड

शनिबार, ०६ माघ २०७४, १२ : ५०
इजरायलका प्रधानमन्त्रीसँगको भेटले सामाजिक सञ्जालमा उत्साहित बलिउड

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ६ दिने भारत भ्रमणका दौरान बलिउडका हस्तीसँग भेट गरेका छन् । भेटमा उपस्थित हस्तीहरुले इजरायली प्रधानमन्त्रीका साथ भएको भेटवार्तालाई आफ्ना लागि सम्मान र सौभाग्यको कुरा भएको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भेटघाटलाई अद्भुतको संज्ञा दिएका छन् । नेतन्याहूले  बिहीबार राति ‘शलोम बलिउड’ समारोहमा बलिउडका कलाकारहरुसँग भेटघाट गरेका हुन् ।

समारोहमा अमिताभ बच्चन, करण जौहर, विवेक ओबराय, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, सुभाष घई, इम्तियाज अली, प्रसून जोशी, रणधीर कपूर, रोनी स्क्रुवाला, राज नायक र सारा अली खान जस्ता फिल्मी कलाकारहरु उपस्थित थिए ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले आफ्नो ट्वीटर पेजमा तस्विर साझा गर्दै लेखेका छन्, ‘‘के मेरो बलिउड सेल्फी ओस्करमा हलिउड सेल्फीलाई मत देला ?’’ उनको ट्वीट रि–ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, “अद्भुत बन्धन, प्रधानमन्त्री ।’’
 

प्रतिक्रिया दिनुहोस