विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ : अध्यक्ष थापा

विहीबार, ०५ बैशाख २०७६, १८ : १६
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द 'विप्लव' समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधलाई भने नियन्त्रण गनुपर्ने बताउनुभयो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा प्रकरणमा संलग्न सबैलाई छानबिन गरी बडाइका साथ कारवाही गर्नुपर्ने बताउँदै उहाँले एनसेलको पूँजीगत लाभ कर असुल गर्न सरकारले गरेको गृहकार्यको सराहाना गर्नुभयो । 

धर्म निरपेक्षताको नाममा केही धार्मिक समूहले सनातन धर्ममाथि आक्रमण गरिरहेको बताउँदै उहाँले हिन्दू राष्ट्रका लागि आफूहरुले शुक्रबारदेखि देशभर सशक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको उक्त पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्षका कार्यक्रम गर्दै आएको छ ।  (रासस) 
 

प्रतिक्रिया दिनुहोस