विप्लवको बन्दको प्रभाव चितवनमा पनि प¥यो

विहीबार, ०५ बैशाख २०७६, १२ : ५३
विप्लवको बन्दको प्रभाव चितवनमा पनि प¥यो

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव चितवनमा पनि देखिएको छ । जिल्लाका मूख्य बजारहरु सुनसान छन् । शैक्षिक संस्था, कलकारखाना पनि ठप्प छन् । सडकमा चार पाङ्ग्रे सवारी साधानहरु चलेका छैनन । जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चोक चोकमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस