प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको नाम सर्वसम्मत अनुमोदन

बुधबार, ०४ बैशाख २०७६, १९ : ०८
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको सोच, अवधारण र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को चैत ११ गतेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तका लागि सिफारिश गरेर संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिसमक्ष प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको संरचना  सबै स्थानीय तहमा पु¥याउन कोसिस गर्ने तथा संसदीय समितिले आफूप्रति राखेको विश्वासमा खण्डित र आँच आउने काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुक सङ्घीय ढाँचामा प्रवेश गरेसँगै अब आयोगको पुनःसंरचना, रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पदका लागि निर्वाचन, निर्वाचनसँग सम्बन्धी कानून निर्माण, आयोगलाई प्रविधि मैत्री र निर्वाचनलाईलाई मितव्ययी बनाउने कामलाई प्राथमिकता दिएर काम गर्नेछु ।”

निर्वाचन लोकतन्त्रको आत्मा जनाउँदै उहाँले आयोगप्रति सबैको अपनत्व सहभागिता हुँदाहँुदै पनि स्वच्छ, स्वतन्त्र र विश्वासनीय निर्वाचनका बारेमा उठिरहेका प्रश्नलाई सम्बोधन गर्न आफूले हरप्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निर्वाचनको परिणाम आउँदा पराजित हुनेले पनि आफू जितेको महसुस गर्ने वातावरण बनाउन  आवश्यक रहेको बताउँदै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “पैसा नभए पनि निर्वाचन गर्न र निर्वाचन जित्न सकिन्छ भन्ने  अनुभूति दिलाउने अहिले आवश्यक छ ।”

कुनै दल विशेषको सदस्यता लिएको आरोपसहित उहाँमाथि छ वटा उजुरी परेका थिए । समितिले आजै उजुरीकर्तासँग उजुरी हाल्नु पर्नाको कारण र उजुरीको औचित्य पुष्ट्याइँका लागि माग गरेको थियो । समितिले राष्ट्रिय समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको छ । यसअघि उहाँले समितिसमक्ष अवधारण, सोच र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस