उत्तर कोरियाविरुद्ध मुद्दा हाल्ने तयारी

एजेन्सी

शुक्रबार, ०५ माघ २०७४, १९ : ३०
उत्तर कोरियाविरुद्ध मुद्दा हाल्ने तयारी

एजेन्सी । जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ ।  अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।

उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी शुक्रबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको बताइएको छ ।  जापानी भाषा र संस्कृति जबरजस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीजलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको दाबी रही आएको छ ।

अपहरणमा परेका ती जापानी नागरिकमा पाँचजना जापान फर्किएका छन् भने आठ जनाको यसअघि नै मृत्यु भएको जनाइएको थियो ।  टोकियोका अनुसार कम्तीमा १७ व्यक्ति उत्तर कोरियामा अपहरणमा परेका थिए । तर आफन्तजनले भने कम्तीमा पनि ४७० जना जापानी हराएका अर्थात उत्तर कोरियामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस