कस्तो रह्यो नेकपा र नेपाली काँग्रेसको २०७५ साल ?

मंगलबार, ०३ बैशाख २०७६, १३ : ३४
कस्तो रह्यो नेकपा र नेपाली काँग्रेसको २०७५ साल ?

काठमाडौँ । बितेको वर्ष २०७५ मा नेपाली राजनीति क्षेत्रमा धेरै उतारचढाव आए । एक वर्षको अवधीमा राजनीतिक पार्टीहरुले केही नयाँ भोगाई पनि भोगेँ । मूलुकका मूख्य पार्टीहरुले विगत वर्षको समिक्षा गर्दै के कामहरु गरे भन्नेबारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव र नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको भनाई जस्ताको तस्तै ।

– विष्णु पौडेल, महासचिव नेकपा
नेकपाको मात्रै होइन, नेपालको राष्ट्रिय राजनीतिमा नै २०७५ साल ऐतिहासिक र उपलब्धीपूर्ण वर्ष रह्यो ।  हामीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनहरु निर्माण ग¥यौं । समृद्धि, विकास र सामाजिक न्यायतर्फ मुलुक अगाडि जानुपर्छ भन्ने हिसाबले केही सस्थागत संरचनागत आधारहरु तयार गरेका छौं ।  यही बीचमा नेपालको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुई छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई विकसित ग¥यौं । नेपाल अब राजनीतिक स्थायित्वका साथ शान्ति, समृद्धि र विकास, समाजिक न्याय र समाजवादतर्फ अगाडि बढ्छ भन्ने भरासिलो आधार हामीले तयार पा¥यौं ।  यस दृष्टिकोणले हेर्दा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । सँगसँगै हामीले केही अतिवादी धारहरुलाई राष्ट्रिय राजनीतिको मुलधारमा फर्काएका छौं । सिके राउतजस्ता अतिवादी सोच राख्ने प्रवृतिहरुलाई राष्ट्रिय राजनीतिको मुलधारमा फर्कायौं । शान्ति, स्थायित्वको  विकल्प छैन ।  यो संविधानको विकल्प छैन । असन्तुष्टि केही छन् भने पनि संविधानको दायराभित्रवाट खोज्नुपर्छ  भन्ने मान्यतालाई हामीले स्थापित गरेका छौं । 
 
हाम्रो पार्टीको सन्र्दभमा ०७५ साल अत्यन्त महत्वपूर्ण र युगिन महत्वको वर्ष रह्यो । हामीले ०७५को पारम्भमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकताबद्ध ग¥यौं । राष्ट्रिय राजनीतिको मियो, नेता र सम्भावक शक्तिका रुपमा नेकपालाई स्थापित ग¥यौं । हामीले यो एकतासँगै नेकपाको नेतृत्वमा बनेको शक्तिशाली सरकारसँग जनताको, राष्ट्रको धेरै अपेक्षा छन्, ति अपेक्षालाई सार्थक तुल्याउनका लागि प्रभावकारी कदम चाल्ने तिर अब हामी आईपुगेका छौं । यस हिसाबले हेर्दा ०७५ साल हाम्रा लागि आधार वर्ष थियो, ०७६ हाम्रा लागि उपलब्धीको वर्ष हुनेछ । ०७५ साल समृद्धिको आधार वर्ष थियो भने ०७६ उपलब्धीको नयाँ खुट्किलोको रुपमा हाम्रा सामु रहनेछ ।
 
  विश्वप्रकाश शर्मा , प्रवक्ता काँग्रेस
०७५ साल सुरु हुदै गर्दा हामी केन्द्रीय समितिको बैठकमार्फत तीन तहको निर्वाचन बारेमा समिक्षा गर्दै थियौ । १६ बैशाखमा सकिएको केन्द्रीय समितिले निर्वाचन समिक्षासँगै पार्टीको जिल्ला सभापतिहरुको भेला र महसमिति बैठक गर्ने निर्णय गर्यो । त्यस लगत्तै पार्टीका पदाधिकारीहरुमा सभापतिज्युले मनोनित गर्नु भयो । १३ औ महाधिवेशनपछि सरकारको नेतृत्व गरेर संविधान कार्यन्वयनका लागि तीन तहको असम्भव देखिएको निर्वाचन हाम्रो पार्टीको नेतृत्वमा भइरहदा पार्टीका कामहरु केही ठप्प भए जस्तो देखिएको थियो । तर ०७५ साल को सुरुमै पार्टीको पदाधिकारीहरुको मनोयनसँगै पार्टीको आन्तरिक कामहरुमा सभापतिज्युको बढी जोड देखियो ।

असारमा हामीले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौँडामा सम्पन्न गर्यो । त्यस लगतै पार्टीलाई चाहिएको नयाँ विधान बनाउन विधान समिति गठन भयो । जसले पार्टीले नयाँ संघिय संरचना अनुसार काँग्रेसको नयाँ विधान बनायो । मंसिर अन्तिम हप्तादेखि पुषको पहिलो हप्तासम्म काठमाडाँैमा महासमिति बैठक सम्पन्न भयो । महासमिति बैठकले विधानलाई अन्तिम रुपम दिने जिम्मा केन्द्रीय समितिलाई दियो । केन्द्रीय समितिले माघमा विधानलाई अन्तिम अनुमोदन गर्यो । त्यसपछि नियमावली समिति गठनसमेत भएको छ । अर्थात पार्टी नयाँ विधानअनुसार नयाँ ढङ्गबाट अघि बढने तरखरमा छ ।
यही बीचमा नेकपाको सरकारले गरेको कतिपय कामहरु लोकतान्त्रिक मुल्य मान्यता मै आँच आउने खालको समेत देखियो । ०७५सालमा हामी प्रतिपक्षीको भूमिकामा सदनदेखि सडकसम्म सरकार विरुद्धसमेत उत्रन बाध्य भयौ ।

प्रतिक्रिया दिनुहोस