सभापति देउवाद्वारा जनसम्पर्क बढाउन निर्देशन

आइतबार, ०१ बैशाख २०७६, १९ : १३
सभापति देउवाद्वारा जनसम्पर्क बढाउन निर्देशन

धनगढी । नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काङ्गे्रस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिनुभयो । 

सभापति देउवाले पार्टीमा गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिनुभयो । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उहाँको आरोप थियो । काङ्गे्रस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिनुभएको थियो । नेपाली काङ्गे्रस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो । (रासस)

प्रतिक्रिया दिनुहोस