केयूकेएलले छलाङ मारेर अघि बढ्नु पर्छ : खानेपानी मन्त्री मगर

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, २१ : २४
केयूकेएलले छलाङ मारेर अघि बढ्नु पर्छ : खानेपानी मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताउनु भएको छ । 

केयूकेएलको सातौ वार्षिक साधारणसभा  समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताउनु भएको हो ।

उहाँले केयूकेएल प्रति जनता को धेरै आशा रहेको बताउनुभयो । मन्त्री मगरले भन्नु भयो, " जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पुरा गर्नु पर्छ । हिजोको जस्तो अवस्थाबाट यो चल्नु हुँदैन । पुरै छलाङ मार्नु पर्ने अवस्था आएको छ ।" 
 

प्रतिक्रिया दिनुहोस