विप्लवका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने,– विप्लव पनि यसैगरी आउनुको विकल्प छैन

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, १७ : ३३
विप्लवका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने,– विप्लव पनि यसैगरी आउनुको विकल्प छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विप्लव नेतृत्वका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव पनि यसैगरी पार्टीमा आउनुको विकल्प नभएको बताए ।

कुनै किसिमको डर नमानेर पार्टीमा काम गर्न निर्देशन दिँदै उनले भने, ‘तपाईहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मा मेरो भो ।’ उनले जनताको हितमा आफैले लडेर ल्याएको अधिकारको रक्षा गर्दै यसलाई सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।

समय मै नेताहरुले बुद्धि पुर्याएको भन्दै उनले क्षमता, सक्रियताको आधारमा पार्टीमा जिम्मेवारी दिने कुरामा कुनै कमी नहुने समेत प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस