महालक्ष्मी विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०७५, १९ : १२
महालक्ष्मी विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

बर्दिया । महालक्ष्मी विकास बैंक लिमिटेडको बर्दिया जिल्लास्थित बाँसगढी शाखाले शनिबार वित्तिय साक्षरता कार्यक्रम गरेको छ । बैंकले बाँसगढी नगरपालिका– ४ मटेरियास्थित नमुना आमा समूहका सदस्यहरुका लागि सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बैंकमा बचत गर्नुका फाइदाहरु तथा बैंकिङ्ग सम्बन्धी जानकारी प्रदान गरिएको थियो । यही कार्यक्रममा बैकले स्वास्थ्य समूह, बाँसगढी नगरपालिका– ४ को कार्यालय, स्थानिय शिव मन्दिर तथा दुर्गा मन्दिरको लागि डस्टबिन वितरण गरेकोे थियो । 
यस बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस