नेपाल आइडल रवि ओडको पहिलो म्युजिक भिडियो ‘मिठो बोलीले...’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०७५, १८ : २५
नेपाल आइडल रवि ओडको पहिलो म्युजिक भिडियो ‘मिठो बोलीले...’ सार्वजनिक

काठमाडौं । दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो पहिलो औपचारिक गीतको म्युजिक भिडियो दर्शक तथा स्रोतामाझ ल्याएका छन् । शुक्रवार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

नृत्यपरक गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ । गीतको भिडियो निकै आकर्षक बनेको छ । शिव विकको कोरियोफी तथा निर्देशन रहेको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओडनै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायाँकार हुन् ।

भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायाँकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारको प्रयोग गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस