दाङमा बस दुर्घटना हुँदा १६ यात्रु घाइते, तीन जना गम्भीर

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०७५, १७ : १०
दाङमा बस दुर्घटना हुँदा १६ यात्रु घाइते, तीन जना गम्भीर

दाङ  । महेन्द्रनगर आउदै गरेको बस दाङमा दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् भने तीन जना गम्भीर छन् ।
लु १ ख ८६३० नम्बरको बस  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक दुर्घटना भएको हो । घाईतेहरुको दाङको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि अन्यत्र पठाइएको छ । पट्टा भाच्चिँदा अनियन्त्रित भएर बस दुर्घटनामा परेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस