आज देशैभरी बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०७५, ०८ : ४५
आज देशैभरी बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा बदली हुने सम्भावना रहेको छ । मध्य क्षेत्रका केही ठाउँमा आज हावाहुरीसहित बदली हुने सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना छ । आज देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस