काँग्रेसमा को हुँदैछ प्रतिगामी ?

शुक्रबार, २२ चैत्र २०७५, १७ : २२
काँग्रेसमा को हुँदैछ प्रतिगामी ?

काठमाडौँ । पछिल्लो समय काँग्रेसका महामन्त्री शंशाक कोइराला विवादमा तानिएका छन् । नयाँ विवादको ऐलान गरेका थिए महामन्त्री शशांक कोइरालाले । उनले नेपालाई धर्म निरपेक्षा घोषणा भएकोमा आपत्ति जनाएका थिए । 
उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा जनमत संग्रह हुनुपर्छ भन्दै यसअघि नै बोलेका थिए । संविधानमा नै लिपीबद्ध भएको र नेपालको पछिल्लो राजनीतिक उपलब्धीको रुपमा रहेको उक्त विषयमा विषवमन गरेर कोइरालाले राज्यद्रोह गरेका थिए । आफूलाई लोकतन्त्रवादी बताउने काँग्रेका महामन्त्रीले धमिलो पानीमा माछा गर्ने कुत्सित लक्ष्य र विचारका साथ त्यस्तो व्यवहार गरेको बताइन्छ ।
राजनीतिक उपलब्धीलाई नै धरापमा पार्ने मनसाय राखेर कोइरालले हावामा गोली हानेका थिए । नेपालको राजनीतिक परिवर्तन उल्टयाउनु पर्छ । गणतन्त्र नेपालको चाहना होइन । संघीयता, धर्मरिनपेक्षता जस्ता विषय जनयुुद्धका उपलब्धी हुन् ।  माओवादी जनयुद्धले स्थापित गरेका मूल्य र मान्यता हुन ती । तर प्रमुख प्रतिपक्षी दल काँग्रेसकै नेतृत्वमा निर्माण भएको संविधानको मूल्य र मान्यता विपरित जाने कुरा सह्य नभएको बताइन्छ । 
सोही विषयलाई लिएर यतिखेर काँग्रेसभित्र केही नेताबीच दन्तबजान सुरु भएको छ । काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले महामन्त्रीको भनाईले आशंका बढाएको भन्दै मनुमा जे आयो सोही बोल्नु जरुरी नभएको बताए । उनले पार्टीको अधिवेशन र महासमितिको बैठकले पारित गरेको विषय भन्दा बाहिर गए बोले, त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्ने बताए ।
काँग्रेसका पछिल्लो दिनमा राजतन्त्रको भूत निकाल्ने क्रम सुरु भएको छ । त्यसमा राजा र काँग्रेसको घाँटी जोडिएको बताउने विपी कोइरालाका छोरा शशांक नै अग्रपंक्तिमा रहेका छन् । विगतमा काँग्रेस र राजा एक हौ भन्नेअरु नै यतिखेर सो विषयलाई तन्काउन लागिपरेका छन् । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह जस्ता नेताले विगतका भएका सहमत तथा सम्झौताविपरीत जाने भन्ने नै हुन सक्दैन । तर जे हुनु हुँदैन र संवैधानिक रुपमा नै मिल्दैन भनिएको हुन्छ, सोही विषयमा नै काँग्रेसले पानी छाप्ने काम गरेको छ । 
सभापति शेरबहादुर देउवाले पार्टी लाइन विपरीतको गतिविधि नगर्न आग्रह नै गरिसकेका छन् । तर उनकै कार्यसमितिको महामन्त्रीलगायत काँग्रेसीजनले भने संविधान विपरित हर्कत गरेका कारण कारवाही गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर काँग्रेसमा के को कारवाही, के दण्ड भन्दै आलोचकहरुले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस