भरतपुर महानगर प्रमुख दाहालद्वारा जिल्ला कारागारको निरीक्षण

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०७५, १७ : ०३
भरतपुर महानगर प्रमुख दाहालद्वारा जिल्ला कारागारको निरीक्षण

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार भरतपुरमा रहेको जिल्ला कारागारको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा प्रमुख दाहालले कारागारको वर्तमान अवस्था र सुधार गर्नुपर्ने वातावरणका बारेमा जानकारी लिनुभएको थियो।

अनुगमनका क्रममा प्रमुख दाहालले कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने  बताउँदै कैदीबन्दीहरुले पनि सोहि बमोजिम आफ्ना व्यवहारहरु सुधार गर्नुपर्ने बताउनुभयो। दाहालले भन्नुभयो, ‘बिगतमा तपाईहरु जे जस्तो गतिविधि गरेर यहाँ आउनुभयो। अब सबै बिर्सनुस् र अबका दिनहरुलाई सच्याँउदै अगाडि बढ्नुस। 

अनुगमनका क्रममा कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दीहरुको पाएको भन्दै यसको क्षमता बिस्तारका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो। सो अबसरमा अग्नि नियन्त्रक उपकरण तत्काल महानगरले उपलब्ध गर्ने बताउँदै समस्याको रुपमा रहेको ढल निकासको व्यवस्थापनका लागि महानगरपालिकाले पहल गर्ने बताउनुभयो। कारागारभित्र रहेका कैदी बन्दीहरुलाई सिप विकासका लागि महानगरपालिकाले सहयोग गर्ने समेत दाहालले बताउनुभयो।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, प्रहरी प्रमुख सुशीलसिंह राठोरलगायतले महिला तथा पुरुष बन्दीगृहको अवलोकन गर्नुभएको थियो । सो अवसरमा बन्दीहरुको सामुहिक भान्छा, आराम कक्ष, स्वरोजगारमुलक कार्य क्षेत्र तथा खेलमैदानको अवलोकन गर्नुभयो ।  भरतपुर कारागारमा ५०८ पुरुष र ५७ महिला कैदीबन्दी छन् । तीन जना आश्रित बालबालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस