सशस्त्र प्रहरीदेखि राष्ट्रिय वाणिज्य बैंकसम्म जागिरको अवसर

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०७५, १४ : ०३
सशस्त्र प्रहरीदेखि राष्ट्रिय वाणिज्य बैंकसम्म जागिरको अवसर

काठमाडौं । सशस्त्र प्रहरी बलमा भर्ना, राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय अनुसन्धान विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा कर्मचारीको माग गरिएको छ ।

सशस्त्र प्रहरी बलमा भर्ना
सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ । आवेदन सशस्त्र प्रहरी बलको हल्चोकस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ । 

राष्ट्रिय वाणिज्य बैंकमा जागिर
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि  तह ४ देखि ९  का लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । 

राष्ट्रिय अनुसन्धान विभागमा जागिर
यसैगरी राष्ट्रिय अनुसन्धान विभागमा पनि जागिर खुलेको छ  । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा जागिर
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समेत विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस