सीके राउतले फेसबुकमा लेखे– असक्षम भ्रष्ट मुख्यमन्त्री लालबाबु राउत

विहीबार, २१ चैत्र २०७५, १६ : ०७
सीके राउतले फेसबुकमा लेखे– असक्षम भ्रष्ट मुख्यमन्त्री लालबाबु राउत

काठमाडौँ । स्वतन्त्र मधेसको आन्दोलन त्यागेर राजनीतिक मुल धारमा आएका डा सीके राउत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कडा आलोचना गरेका छन् ।

नव गठित जनमत पार्टीका संयोजक राउतले बारा–पर्सा आँधी पीडितलाई भात पनि खुवाउन नसकेको भन्दै प्रदेश २ सरकारमाथि आक्रोस पोखेका हुन् । राउतले आफ्नो फेसबुक पेजमा तस्विर समेत राखेर मुख्यमन्त्रीलाई असक्षम र भ्रष्ट भनेका छन् । राउतले प्रदेश २ सरकार पर्सा –बारा हुरीबाट प्रभावित जनतालाई १०र२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै कडा आलोचना गरेका छन् ।

दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो रुभन्ने प्रश्न तेर्साउदै राउतले फेसबुकमा लेखेका छन्, ‘ बहानाको पनि हद हुन्छ । मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन, भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन ।’

 

प्रतिक्रिया दिनुहोस