'भ्रष्टको चंगुलमा प्रधानमन्त्री' भनेपछि झण्डै गयो मन्त्री विस्टको पद

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १३ : ३४
'भ्रष्टको चंगुलमा प्रधानमन्त्री' भनेपछि झण्डै गयो मन्त्री विस्टको पद

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयका केही कर्मचारी र सचिवको बैठकमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विस्टले एउटा गम्भीर विषयमा चर्चा गरे । चर्चाको विषय थियो मलेसियाको रोजगारीसँग जोडिएको प्रसंग । मन्त्री विस्टले कानूनी रुपमा नै प्रक्रिया पु¥याएर मलेसियाको रोजगारी खोल्नै लागेका थिए । उनको प्रयास थियो , विगतमा नेपाली श्रमिकलाई खुलमखुल्ला लुटपाट गर्ने भिएलएनआई जस्ता नेपाली युवा ठग्ने संस्थालाई कामको जिम्मा नदिई स्वतन्त्र रुपमा संस्था छनोट गर्ने । मन्त्री विस्टले मलेसियाको रोजगारीको नाममा प्रधानमन्त्री नजिकका केही मान्छे प्रभावित भएको बताएका थिए । उनले मन्त्रालयले गरेको सकारात्म्क प्रयासमा प्रधानमन्त्री नै बाधक भएको भन्दै सामान्य असन्तुस्टि व्यक्त गरेका थिए । उनले प्रधानमन्त्री दलालको चंगुलबाट बाहिर ननिस्कदासम्म मलेसियाको रोजगारी खुल्न गाह्रो पर्ने भन्दै सबैको सार्थक र सकारात्मक सहयोग जरुरी रहेको बताएका थिए । मन्त्रालयमा भएको सामान्य बैठकमा उनले मन्त्रालयको कामलाई प्रधानमन्त्रीले नै हस्तक्षेप गरेर काम गर्न नदिएको भन्दै आपत्ति मात्रै जनाएनन् चर्को गुनासो समेत गरेका थिए ।

सचिव तथा मन्त्रालयका उच्च कर्मचारीको भेषमा रहेका प्रधानमन्त्री ओलीको सुराकीले मन्त्री विस्टले बैठकमा बोलेका सबै विषयलाई अडियो, भिज्यूल नै खिचे । बैठकमा ती सुराकीले थापाथलीको राम भण्डारबाट ल्याइएको पनिर, मम तथा कफी पनि खाए । मन्त्री विस्टलाई हो हजुर प्रधानमन्त्री नै तस्करको चंगुलमा परेको भन्दै थप बोल्न उत्साहित पनि गरे । त्यसो गर्नुको खास कारण थियो, मन्त्रीले थप प्रधानमन्त्रीलाई गाली गरुन र त्यो श्रव्य दृश्य लगेर प्रधानमन्त्रीको सामुन्ने थप साखुल्ले बन्न पाइयोस । मन्त्रीलाई उकास्ने ती व्यक्ति प्रधानमन्त्रीका सुराकी हुन भन्ने मन्त्री विस्टले थाहा नै पाएनन् । थाहा नपाएपछि यर्थात उनले ओकल्दै गए । भए नभएको सबै श्रव्य दृश्य रामभण्डारको खाजा खाँदै उनले खिचे । मन्त्रीलाई ठिक हो नी हजुर भन्दै पटक पटक आफू साखुल्ले पनि बने । बैठक सकियो, मन्त्री विष्ट र उनको सचिवालय टिम घर हिड्यो । सो बैठक बसेको केही दिन पछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइयो । मन्त्री विष्ट सदा जस्तै सामान्य रुपमा मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगे । प्रधानमन्त्रीले बैठक सुरु भएको र आ आफ्ना एजेण्डा के कसो छन् भन्ने राख्ने नियमित प्रचलन थियो । तर सो दिन उनले आज मलाई तस्करको नाइके भन्ने मन्त्री को रे भन्दै प्रसंग सुरु गरे । उनले मलेसियाको नाममा आफूलाई जोडेर तस्करको नाइके भनेको भन्दै आवश्यक परे श्रव्य दृश्य नै सुनाइदिने भन्दै मन्त्री विस्टलाई तत्काल राजीनामा दिन निर्देशन दिए । उनले प्रधानमन्त्रीको बद्खुवाई गर्नेलाई क्याबिनेटमा राख्न सकिदैन भन्दै तत्काल मन्त्री विष्टलाई राजीनामा दिन र राजीनामा नदिए वर्खास्त गर्ने धम्की पनि दिए । रातो पिरो हुँदै प्रधानमन्त्रीले मन्त्री विष्टलाई बैठकमा बोलेको कुराको श्रव्य दृश्य आफू देखाउन नै तयार रहेको भन्दै कुन उद्देश्य र ध्येयका आधारमा आफूलाई तस्करको नाइके भनेको भन्दै मन्त्री विस्टको सातो खाए । उनले त्यत्ति मात्रै भनेनन् हरेक मन्त्रालयमा मेरो सुराकी छन् । कोही कर्मचारीका रुपमा त कोही स्वीकय र निजी सचिवको रुपमा कार्यरत रहेको समेत बताए ।

उनले आफूले नै जानी बुझीकन नै आफूले हरेक मन्त्रालय र सरकारी निकायमा सुराकी परिचालन गरेको भन्दै मन्त्री विस्टले कुन आधारमा आफूलाई तस्करको नाइके भनेको हो सो को जानकारी दिन समेत निर्देशन दिए । उनले आफूहरु घुस खाने र मलाई नाइके भन्ने भन्दै मन्त्री विष्टलाई वर्खास्त गर्ने चेतावनी दिए । मन्त्री विष्ट र प्रधानमन्त्रीको जुहारी देखेका एक मन्त्रीका अनुसार सो बैठकमा प्रधानमन्त्रीले अत्ति नै गरेपछि मन्त्री विष्टले समेत सक्ने भए मलाई हटाएर देखाए हुन्छ भन्दै प्रधानमन्त्रीको अमर्यादित हर्कत विरुद्ध जमेर प्रतिवाद गरे । प्रधानमन्त्रीको भनाइलाई प्रतिवाद गरेपछि उनी बैठक बहिस्कार गरेर हिडेका थिए । पछिल्ला दिनमा प्रधानमन्त्री र मन्त्री विष्टका उक्त भनाईलाई लिएर राजनीतिक बजारमा राम्रै चर्चा हुने गरेको छ । इमान्दार भएर काम गरिरहेका मन्त्री विष्टको राजनीतिक चरित्र नै धरापमा पार्ने गरी प्रधानमन्त्री ओलीले समेत आफ्ना निटकका केही अनलाइन नै प्रयोग गरेर भएपनि मन्त्री विष्टको थप मान मर्दन गर्न लगाएका छन् । उनले मन्त्री विष्ट र अर्का मन्त्री मातृका प्रसाद यादवलाई समेत नछाड्ने भन्दै मन्त्रिपरिषद बैठकमा नै आपत्ति जनाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस