विप्लव समूहको पर्चासहित शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १६ : ५१
विप्लव समूहको पर्चासहित शंकास्पद वस्तु फेला

सुर्खेत । नेकपा समूहको पर्चासहित शंकास्पद वस्तु भेटिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका ६ को वडा कार्यालयमा विप्लवको पर्चासहित शंकास्पद वस्तु भेटिएको हो । बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको इलाका प्रहरी कार्यालय मेहेलकुनाले जानकारी दियो ।

नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको मेहेलकुना प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक सर्वजित बलेली मगरले बताए । तर, उक्त वस्तुको पहिचान भने हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस