मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ? यस्ता छन यसका लक्षण र बच्ने उपाय

विहीबार, ०४ माघ २०७४, १४ : २६
मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ? यस्ता छन यसका लक्षण र बच्ने उपाय

चितवन ।  रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ । मृगौलामा प्रोटिन चुहिनु, मृगौलाको काम अनियमित भएमा मधुमेह सम्बन्धि मृगौला रोग लागेको बुझ्नुपर्छ । मृगौलामा प्रोटिन चुहिने समस्यालाई मेडिकलको भाषामा एल्बुमिन बढी भएको भन्ने गरिन्छ ।

लामो समयसम्म मधुमेह नियन्त्रण भएन भने मृगौलामा समस्या आउँछ र बिस्तारै प्रोटिन चुहिने समस्या आउँछ । यो दीर्घरोग हो । मधुमेह लागेका बिरामीलाई मृगौला रोग लागेपछि पूर्ण रुपमा निको हुँदैन । बेलैमा उपचार गरिएन भने मृगौलाले काम गर्न छोड्छ र बिरामीको ज्यान जान्छ । उपचार गरेर यसलाई नियन्त्रण राख्न सकिन्छ ।

मधुमेह भएको बिरामीको मृगौलामा समस्या आउन कति समय लाग्छ ?
मधुमेहको लक्षण देखाएको कम्तीमा १० वर्षपछि मात्र मृगौलामा समस्या देखा पर्छ । मधुमेह पहिचान गर्न ढिला भएको खण्डमा भने बिरामीले चाडैँ नै ज्यान गुमाउने जोखिम हुन्छ । त्यसैले मधुमेहको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ ।
 
मधुमेहको लक्षण
   - धेरै तिर्खा लाग्ने, मुख सुख्खा हुने,
   - पिसाब बढी लाग्ने,
   - तौल घट्ने,
   - थकाई लाग्ने,
   - घाउ निको नहुने,
   - आँखा धमिलो हुने,
   - हातखुट्टा झम झम हुने, पोल्ने ।

मधुमेह सम्बन्धि मृगौला रोगको लक्षण
   - हातखुट्टा, मुख सुन्निनु
   - रगतमा हेमोग्लोबिनको मात्रा कम देखिनु
   - आँखा सेतो देखिनु
   - वाकवाकि लाग्नु
   - कहिलेकाहीँ पेट दुख्नु

मधुमेहको बिरामीलाई यस्ता समस्या देखा पर्छन्
   - ७० प्रतिशतलाई मुटुको समस्या
   - मृगौलामा समस्या
   - आँखामा समस्या
   - स्नायुमा समस्या

सबै मधुमेहको बिरामीलाई मृगौलामा समस्या हुँदैन
  -  खानेकुरामा नियन्त्रण
   - रक्तचापमा नियन्त्रण
   - नियमित आधा घण्टा व्यायाम गर्ने
   - तेलमा तारेको नखाने
   - रातो मासु, चिनी भएको खाना नखाने
   - धुम्रपान, मद्यपान नगर्ने
   - दिनमा ५ पटक खाने

उपचार
   - रगतमा चिनीको मात्रा नियन्त्रण गर्न इन्सुलिन दिने
   - प्रोटिन नचुहिने औषधि
   - प्रोटिन कम भएको खानेकुरा खानदिने

बिरामीले के गर्ने ?
   - नियमित स्वास्थ्य परिक्षण गर्ने
   - रगत, मृगौलाको परिक्षण गर्ने
   - रक्तचाप नियन्त्रण
   - मोटोपन नियन्त्रण
   - सन्तुलित भोजन गर्ने
   - मुटुको चाल बढ्ने गरी, पसिना आउने गरेर आधा घण्टा व्यायाम नियमित गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस