नेकपा सांसदको एक दिनको तलब राहतका लागि दिईने

सोमबार, १८ चैत्र २०७५, १६ : ४६
नेकपा सांसदको एक दिनको तलब राहतका लागि दिईने

काठमाडौँ ।आइतबार साँझ आएको भुमरीसहितको हावाहुरीको कारण बारा र पर्सामा ठुलो धनजनको क्षति भयो । यस बिपतका कारण यतिबेला देश नै दुखी बनिरहेको अवस्था छ । सरकार तथा प्रदेश सरकारले घाईतेहरुको उद्धार र राहतमा तिब्रता देखाएसंगै उपचारपछि घाईते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेका छन् । यसबीचमा नेकपाले आफ्नो पार्टीका संघीय सांसदहरूको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण गरेसंगै यसबारेमा जानकारी दिएका हुन् ।

उनले पीडितहरुको उद्धारमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सक्रियरुपमा खटिन निर्देशन समेत दिएका छन् । एक जना संघीय सांसदको एक दिनको तलब १८४० रूपैयाँ हुन्छराष्ट्रिय सभा र प्रतिनिधि सभामा नेकपामा २१२ सांसद छन्। उनीहरु सबैको तलब जोड्दा ३ लाख ९० हजार रूपैयाँ हुन आउँछ । जुन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत प्रधानमन्त्रीले जानकारी दिएका छन् । हावाहुरीकै कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढि घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस