अमेरिकामा नेपाली कांग्रेसले आफूलाई पक्राउ गर्न भनेकोप्रति बोले प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०७५, १४ : २४
अमेरिकामा नेपाली कांग्रेसले आफूलाई पक्राउ गर्न भनेकोप्रति बोले प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकामा रहँदा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले प्रचण्डलाई पक्राउ गर्नुपर्छ भनेकोप्रति आपत्ति जनाएका छन् । रिपोर्टस क्लबको २१ औं बार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रण्डले यस्तो आपत्ति जनाएका हुन् । 

उक्त कांग्रेसको समितिले प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ भनेकोबारे प्रण्डले नेपाली कांग्रेसको ध्यानाकर्षण पनि गराएका छन् । 

उनले भने, ‘के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ? के तराई, मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौ । ती कुराहरु गलत हुन् ?’ ।

उनले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी समेत गरे । प्राप्त उपलब्धिलाई नोक्सान पुर्याउनका लागि विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता, संविधान निर्माण गर्ने व्यक्ति वा त्यसको नेतृत्व लिने व्यक्ति माथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुको गलत प्रवृति  देखा परेको टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस