प्रचण्ड स्वदेश फिर्ता, उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेकाे प्रतिक्रिया

विहीबार, १४ चैत्र २०७५, १७ : ४४
प्रचण्ड स्वदेश फिर्ता, उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेकाे प्रतिक्रिया

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज स्वदेश आईपुग्नु भएको छ । उहाँ आज साँझ ५ः१५ बजे काठमाडौं आईपुग्नु भएको हो । काठमाडौं पुगे लगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्नी सीताको उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । रोग पुरानै तर उपचार पद्धति नयाँ रहेको उहाँले बताउनुभयो । प्रचण्डले पत्नी सीताका लागि केही नयाँ औषधिसमेत ल्याएको जानकारी दिनुभयो ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिनअघि अमेरिका जानु भएको थियो। अमेरिकामा उपचारपछि आमाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छोरी गंगा दाहालले बताउनुभयो । अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गर्नुभएको थियो ।

मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए । 

प्रतिक्रिया दिनुहोस