तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : रामचन्द्र पौडेल

विहीबार, १४ चैत्र २०७५, १३ : २३
तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : रामचन्द्र पौडेल

जनकपुरधाम । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । 

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो । 

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने बताउनुभयो । 

मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उहाँले काङ्ग्रेस संविधानमा भएको त्रुटिलाई सच्याउन चाहन्छ भन्नुभयो । 

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताउनुभयो । 

अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उहाँले लगाउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस