जिब्रो चिप्लिएको पत्तो नै भएन :डा शशांक कोइराला

बुधबार, १३ चैत्र २०७५, १२ : ४७
जिब्रो चिप्लिएको पत्तो नै भएन :डा शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दू राष्ट्र र राजतन्त्रको विषयमा जनमत संग्रह हुनेपर्ने अभिव्यक्तिमा जिब्रो चिप्लिएको स्पष्ट पार्नु भएको छ । नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले भन्नुभयो, ‘खै कसरी बोलियो, मान्नुस् न जिब्रो चिप्लियो,  खै कसरी चिप्लियो चिप्लियो ।’ 

नेता कोइरालाले धार्मिक स्वतन्त्रताको विषयमा आफू स्पष्ट भएको भन्दै केही दिन पहिले राजतन्त्र र धर्मको बारेमा आफूले नियतवश नबोलेको जिकिर गर्नुभयो । 
कोइरालाले फागु पूर्णीमाको अवसरमा आयोजित कार्यक्रममा हिन्दू राष्ट्र र राजतन्त्रका विषयमा जनमत संग्रह आवश्यक रहेको भन्दै विवादित अभिव्यक्ति दिनु भएको थियो । त्यस अभिव्यक्तिको कांग्रेस सभापति शेरबहादुर देउवाले नै आलोचना गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस