आन्दोलनरत नर्ससँग वार्ता गर्न मन्त्रालयले बनायो समिति

बुधबार, ०३ माघ २०७४, १७ : ५२
आन्दोलनरत नर्ससँग वार्ता गर्न मन्त्रालयले बनायो समिति

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नर्ससँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा छन् ।

नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरु आठ दिनदेखि आन्दोलनरत छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सहरुलाई पुर्नबहाली गरिनुपर्ने, मन्त्रालयमा नर्सिङ्ग सेवा महाशाखा राखिनु पर्ने, प्रत्येक स्कुलमा एक नर्सको व्यवस्था गरिनु पर्ने, नर्सहरुमाथिको श्रम शोषण अन्त्य गरिनुपर्ने लगायतका ११ बुँदे माग लिएर आन्दोलनमा उत्रेका नर्सहरुले सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस