किन गणतन्त्र विरुद्ध लाग्दैछन् संशाक कोइराला ?

कमल थापा र कोइरालाबीच अब के फरक ?

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०७५, १४ : ३६
किन गणतन्त्र विरुद्ध लाग्दैछन् संशाक कोइराला ?

काठमाडौँ । आफैले हस्ताक्षर गरेको र नेपालको संविधानमा लिपीबद्ध भएका विषयलाई उल्ट्याउने प्रपञ्चमा नेपाली काँग्रेस भित्रका केही नेता लागिपरेका छन् । संविधानमा लेखिएका र विगतमा राजनीतिक सहमति भएका विषयलाई उल्टयाएर धमिलो पानीमा माछा मार्ने षड्यन्त्रमा काँग्रेसका महामन्त्री सशांक कोइरालालगायतका केही नेता लागेका छन् । संविधान विपरित गतिविधि गर्नेलाई कारवाही गर्ने व्यवस्था पनि छ । आफैले सहमति जनाएको र आफैले हस्ताक्षर गरेको राजनीतिक सहमतिको दस्तावेजरुपी संविधानको मर्म र भावना विपरित वक्तव्य दिने काममा कोइराला मात्रै होइन, पछिल्लो दिनमा पूर्व महामन्त्री प्रकाशमान सिंह समेत लागिपरेका छन् । फागु पूर्णिमाको दिन कोइरालाले आफ्नै निवासमा आयोजित कार्यक्रममा गणतन्त्र विरुद्ध समेत विष वमन गरेका छन् । उनले गणतन्त्र नेपाली जनताको चाहना नभएको भन्दै मशानघाटमा पुगेको राजतन्त्र फर्काउने कुचेष्टा सहितको वक्तव्य दिएका छन् । उनले राजतन्त्रको विषयमा समेत जनमत संग्रह गर्नुपर्ने धारणा राखेर संविधान विपरितको गतिविधि गरेका छन् । आफूलाई विपी कोइरालाको सच्चा सिपाही बताउँदै उनले विगतकै शैलीमा पुनः राजतन्त्रको बारेमा निर्णय गर्नुपर्ने र त्यो विषयमा जनमत स्रग्रह नै उत्तम विकल्प भएको बताएका छन् । 

काँग्रेस महामन्त्री कोइरालाले त्यत्ति मात्रै भनेनन् । संविधानले नै लिपीवद्ध गरेको र कार्यान्वयनमा समेत आइसकेको संघीयताका विरुद्ध समेत विषवमन गरेका छन् । यस्तै धर्मनिरपेक्षताका विषयमा समेत कोइरालले धारणा मात्रै राखेनन् , काँग्रेस सो विषयमा छलफल गर्न समेत तयार रहेको बताएका थिए । संविधान विपरित आफैले हस्ताक्षर गरेको, आफैले कार्यान्वयनमा लगेको र आफै समेत सहभागी भएर जारी गरेको संविधानको मर्म र भावना विपरित जाने  हिम्मत कोइरालालाई कहाँबाट आयो ? मरेको लाशलाई महादेवले सतीदेवी बोके झै बोकेर हिड्ने कुचेष्टा उनलाई कुन तत्वले प्रदान ग¥यो, सवाल भने यही नेर जोडिएको छ । कमल थापाहरु राजतन्त्र पुनः स्थापना हुन्छ र गरिन्छ भन्दै दुर्ई चार दर्जन कार्यकर्ता थुपारेर देश दौडाहामा लागेका छन् । उनको त राजतन्त्रको विषयमा विगतदेखि नै प्रष्ट धारणा छ । उद्यपी उनी गणतन्त्रको सरकारका पटक पटक मन्त्री समेत भएका छन् । तर उनले स्पष्ट भन्दै आएका छन् । काँग्रेसले जस्तो आफै हस्ताक्षर गर्ने, आफै स्वीकार गर्ने, आफैले हुन्छ भन्ने र अहिले आएर कहाँ त्यसो गरिएको हो र त्यो त हुनै सक्दैन भन्ने शैलीमा व्यवहार देखाएको छ्रैन । 

राज्य साँँच्चै बलियो हुन्थ्यो र कानूनको शासन हुन्थ्यो भने संविधान विपरित धारणा राख्दै हिड्ने काँग्रेस महामन्त्री कोइरालालाई कानूनी कारवाहीको प्रक्रिया सुरु हुन्थ्यो । राजनीतिक विश्लेषकहरु भन्छन्  कोइरालाले धमिलो पानीमा माछा मार्ने र प्रतिगमनकारी शक्तिलाई बल दिने र परिवर्तनको प्रक्रियालाई उल्ट्याउने लक्ष्यका साथ उनले त्यस्तो प्रतिक्रिया दिएको हुन सक्छ । कोइराला विगतदेखि नै राजतन्त्रका आज्ञापालक हुन् । पार्टी फरक भएपनि कमल थापा र सशांक कोइरालाको वैचारिक चिन्तन एउटै हो । विपी कोइरालाको छोरो हुनुले अर्थ राख्दैन, राजनीतिमा । अर्थ राख्छ त, उसको व्यवहार र राजनीतिक चिन्तनले । काँग्रेसका नेता मानिदिने व्यक्तिको अभाव छ । कागताली परेर विपीको छोरा नै भएकाले उनलाई विगतमा केन्द्रीय सदस्य बनाइयो, मनोनित गरियो र पद र लाभका क्षेत्रमा समेत सहभागी गराइयो । कागताली प¥यो, महामन्त्री पनि पडकाए । तर यतिखेर आएर संविधानको भावना, मूल्य र मान्यता विरुद्ध विषवमन गरेर कोइरालाले शहिदको अवमूल्यन गरेका छन् । उनले नेपाली जनताले बगाएको रगतको अवमूल्यन गरेका छन् । संविधानले अपरिवर्तनीय भनेका विषयमा बोल्ने, हचुवा टिप्पणी गर्ने छुट काँग्रेसलाई छैन । काँग्रेसले त्यसो गर्दै हिड्ने भनेको विप्लव समूह र काँग्रेसका केही फरक नहुने विषय हो । काँग्रेसले आफैले बनाएको दावी गर्ने संविधानको बर्खीलाप जाने विषय सुहाउँदो विषय होइन ।

काँग्रेस विगतको प्रतिवद्धताबाट भागेको हो ? कोइरालाको जस्तै धारणा हो काँग्रेसको ? महामन्त्रीको धारणालाई आधिकारिक मान्नेहो भने काँग्रेस प्रतिगमनको मतियार बन्दैन ? दक्षिणपन्थको प्रवक्ता बन्दैछ । परिवर्तन उल्ट्याएर कुनै न कुनै रुपमा सामन्तवाद फेरी पनि कामय राख्न सक्छ भन्ने देखिएको छ । यद्यपी काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा सहमति भइसकेका विषयमा केही नेताले हचुवाको भरमा गर्ने टिप्पणीले कुनै अर्थ नराख्ने यसअघि नै सार्वजनिक गरिसकेका छन् । यद्यपी काँग्रेस महामन्त्री नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका विषयमा जनमत संग्रह गर्नुपर्छ, सबै नेपाली जनताले ती विषय स्वीकार गरेका थिएनन् भन्दै परिवर्तनको प्रवाह विरुद्ध उभिन खोजेका छन् । संविधान र कानून विपरि।त गतिविधि गर्ने जो काही पनि देशद्रोही हुन, कोइराला भएकै आधारमा उनलाई छुट दिन नहुने विश्लेषकहरुको सुझाव छ । 
 
 

प्रतिक्रिया दिनुहोस