नर्सहरुको आन्दोलन जारी

बुधबार, ०३ माघ २०७४, १४ : ३४
नर्सहरुको आन्दोलन जारी

काठमाडौं । श्रम ऐनमा व्यवस्था भएबमोजिम सेवा र सुविधा उपलब्ध गराउन माग गर्दै नर्सहरुले बुधबार पनि राजधानीमा प्रर्दशन गरेका छन । मानव अंग प्रत्यारोपण केन्द्रबाट निश्काशनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले बुधबार पनि काठमाडौंको माईतीघरबाट नयाँ बानेश्वरसम्म ¥यालीसहितको विरोध प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा उनीहरुले नर्सहरुको उचित व्यवस्था गर्न नर्स महाशाखा नै स्थापना गर्नुपर्ने लगायतका ११ बुँदे माग पूरा गर्न पनि सरकारलाई दवाव दिएका छन् । नर्सहरुको उचित व्यवस्थापनका लागि तत्काल नर्स महाशाखानै स्थापना गर्न सरकारलाई दवाव दिनु परेको नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले जानकारी दिइन् ।

नेपालमा हाल ७४ हजार ८ सय नर्सहरु विभिन्न अस्पतालमा कार्यरत रहेको सरकारी तथ्यांक छ । तर राज्यले उचित सेवा र सुविधा समेत नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । नर्सहरुमाथि न्याय नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने संघले जनाएको छ । भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट निश्कासन गरेपछि देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस